images
images

जनलहरले ततायो महोत्तरी–३, डा. मिनाक्षी ठाकुर विजयीतर्फ अग्रसर

महोत्तरी जनता समाजवादी पार्टी नेपाल की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरको घरदैलो तथा रोड–शो कार्यक्रम महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा तीव्र गतिमा अघि बढिरहेको छ। विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ।

जलेश्वर नगरपालिकाका वडा नं. ५ पर्सा, पतैली, चौरीया, विष्णुपुर तथा वडा नं. ८ लगायतका क्षेत्रमा सम्पन्न घरदैलो अभियानमा स्थानीयवासीको उत्साहजनक उपस्थिति देखिएको छ। हजारौं समर्थकको सहभागितासहित सुरु गरिएको रोड–शो विभिन्न बस्ती र टोल हुँदै अगाडि बढिरहेको अभियान टोलीले जनाएको छ।

परिवर्तित राजनीतिक परिवेशमा शिक्षित र सक्षम नेतृत्वको आवश्यकता औंल्याइँदै आएको अवस्थामा डा. ठाकुरको उम्मेदवारीले स्थानीय नागरिकमा थप उत्साह सिर्जना गरेको समर्थकहरूको भनाइ छ। चिकित्सा पेशाबाट राजनीतिमा सक्रिय भएकी उनले समाजसेवा, त्याग र समर्पणलाई आफ्नो मूल एजेण्डा बनाएकी छन्।

घरदैलोका क्रममा उनले भनिन्, “म जुन समाजमा जन्में, हुर्कें र जुन पीडा भोगें, त्यस समाजको उत्थानका लागि काम गर्नु नै मेरो राजनीतिक लक्ष्य हो। मधेशी समाजले भोगेका समस्याको समाधान र समग्र विकासका लागि म प्रतिबद्ध छु।”

उनले महोत्तरी–३ को आर्थिक समृद्धि, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई रोजगारी सिर्जना तथा महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। आफ्नो शैक्षिक योग्यता र चिकित्सकीय अनुभवलाई जनसेवामा उपयोग गर्ने उनको भनाइ छ।

महोत्तरी–३ मा देखिएको बढ्दो जनलहर र सक्रिय सहभागिताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ। समर्थकहरूका अनुसार, वर्तमान माहोलले डा. मिनाक्षी ठाकुर विजयीतर्फ अग्रसर हुँदै गएको संकेत गरेको छ