images
images

प्रचण्ड विश्वस्त: प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण हुनेछ

चितवन — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा पूर्ण विश्वस्तता व्यक्त गरेका छन्।

हिजो मतदानका लागि चितवन पुगेका प्रचण्डले सबै राजनीतिक दलको सहभागितामा निर्वाचन सम्पन्न हुने भएकाले कुनै समस्या नहुनेमा ढुक्क रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्। उक्त मतदान केन्द्रमा एक हजार ८६५ मतदाता र दुई मतदान केन्द्र सञ्चालनमा छन्।

त्यसै स्थानबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नेछन्।