न्याय परिषदले प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण चैत १८ गतेदेखि अवकाशमा जाने भएकाले परिषद्ले नियुक्तिका लागि ६ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको हो।
न्याय परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको हो।
प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएर काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ।








