काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपि ग्यासको बढ्दो माग र आपूर्ति व्यवस्थापन गर्न शुक्रबारदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने जनाएको छ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भोलिदेखि सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास भरेर बिक्री वितरण गर्ने जनाएको हो। आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ कायम गरिएको निगमले जानकारी गराएको छ।
निगमले भनेको छ, ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल. पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि. एल. पि. ग्यास भरी प्रतिसिलिण्डर आधा मूल्य(रु.९५५ ।-)मा बिक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोहीअनुसार एल.पि.ग्यास खरिद गर्न अनुरोध छ।’
मध्यपूर्वमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एल.पि.ग्यासको आपूर्तिमा असर परेको निगमको भनाइ छ।









