images
images

गोरखामा माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा भएको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश–००६ ख ८४३० नम्बरको ईभी माइक्रो बस मनकामना–रामशाहाघाट सडकको शहिद लखन गाउँपालिका वडा–३ स्थित कन्टारमा शनिबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यस्तै अन्य ७ जना घाइते भएका छन् । अहिले घटनास्थलमा उद्दार कार्य भइरहेको छ ।