images
images

रास्वपा प्रवक्ता मनिष झा भन्छन्– सरकार बनाउन १० दिन जति लाग्न सक्छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले सरकार बनाउन १० दिन जति लाग्न सक्ने बताएका छन्।

समानुपातिक सांसद टुंग्याउन चौमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्न लागेको सचिवालय बैठक अघि झाले सरकार बनाउन यति नै समय लाग्ने भन्नेमा थाहा नभए पनि १० दिन जति लाग्न सक्ने अनुमान गरे। ‘सरकार बनाउन कुरा मैले यहीँ एकिन गरेर भन्न सक्दिनँ। हामी अन्दाज एउटा गर्न सक्छौँ कि अझै १० दिन जस्तो लाग्ला भनेर’, उनले भने।

फागुन २१ गते भएको निर्वाचनबाट रास्वपाले लगभग दुईतिहाई मत प्राप्त गरेपछि रास्वपाको एकल सरकार बन्दैछ। सरकार बनाउनुअघि समानुपातिकतर्फका सांसदको नामावली टुंग्याउनुपर्ने बाध्यता छ।

आज आइतबार रास्वपाले सामानुपातिक सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बोलाएको हो। अहिले बैठक बसिरहेको छ।