अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल आइतबार नेपाल आइपुगेका छन्।
अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (युएसएआरपिएसी)का डेपुटी कमान्डिङ जनरल जोएल भोवेल आइतबार काठमाडौं आइपुगेको सेनाले जानकारी दिएको छ। उनी चैत ३ गतेसम्म नेपालमा रहनेछन्।
उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्ने कार्यक्रम छ।
यस प्रकारको भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुनुको साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ।







