images
images

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि विशेष अभिमुखीकरण प्रशिक्षण आयोजना गर्ने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे स्पष्ट पार्न यो कार्यक्रम तय गरिएको हो।

आगामी चैत्र ३ र ४ गते काठमाडौँमा सञ्चालन हुने यस प्रशिक्षणमा सहभागी हुन सबै नवनिर्वाचित सांसदहरूलाई तयारी अवस्थामा रहन सूचित गरिएको छ।

काठमाडौँमा हुने उक्त प्रशिक्षणमा सहभागी हुन सबै सांसदहरूलाई तोकिएको स्थानमा पुग्न निर्देशन दिइएको छ।

पार्टीले नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी बहन गर्नुअघि आवश्यक सल्लाह, सुझाव र संसदीय मर्यादाका बारेमा जानकारी दिन यो कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।