काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए।
त्यस्तै अभिमुखीकरण कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी हुने सम्भावना न्यून छ ।
बालेननिकट एक सांसदका अनुसार, कार्यव्यस्तताका कारण उनी सहभागी हुने सम्भावना न्यून छ ।
अभिमुखीकरण कार्यक्रमको कार्यसूचीमा पनि बालेन सहभागी हुने कार्यसूची छैन । यद्यपि, बालेनलाई पनि कार्यक्रममा उपस्थित गराउने प्रयास भइरहेको छ ।
पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै दुईदिने अभिमुखीकरण कार्यक्रम आज समापन हुने कार्यसूची छ ।








