images
images

चैते दशैंको घटस्थापनाको शुभ साइत बिहान ७:५१ बजे

काठमाडौं — नेपाल सरकार अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काे नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले चैते दशैंको घटस्थापनाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वि.सं. २०८२ साल चैत्र ५ गते बिहीबार बिहान ७ बजेर ५१ मिनेटमा उत्तर फर्केर घटस्थापना गर्न शुभ समय निर्धारण गरिएको छ। उक्त समयलाई धार्मिक तथा सांस्कृतिक रूपमा उपयुक्त मानिएको समितिले जनाएको छ।

प्रत्येक वर्ष झैं यस वर्ष पनि हिन्दू धर्मावलम्बीहरूले यसै साइतअनुसार घर तथा मन्दिरहरूमा घटस्थापना गरी चैते दशैं पर्वको प्रारम्भ गर्नेछन्।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले परम्परागत विधिअनुसार पूजाआजा सम्पन्न गर्न अनुरोध गरेका छन्।