काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको छ।
राप्रपाले बिहीबार संसदीय दलको नेतामा ज्ञानबहादुर शाही प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरेको हो।
फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन्। राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट ल्याएको छ।








