images
images

नेविसंघको चेतावनीः विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ।

शुक्रबार काठमाडौँमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले यस्तो चेतावनी दिएका हुन्। विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर मिडिया ट्रायल गर्ने काम भइरहेको भन्दै उनले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हालेसरह हुने बताए।

अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले र्‍याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरू खारेज गर्ने काम सह्य नहुने बताए।

उनले भने, ‘सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्छ, उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई मान्यता दिएको छ। त्यसैकारणले म भन्न चाहन्छु– आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला। त्यो आगोको ज्वालाले तपाईहरु भष्म हुनुहुन्छ।’