images
images

एभरेष्ट बैंकद्वारा २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु “नेपालको विकास यात्रा: नवप्रवर्तनका आयामहरू” रहेको छ, जसले उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको महादेशीय दृष्टिकोणले महत्त्वपूर्ण विकासक्रमलाई प्रस्तुत गरेको छ ।

एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले उक्त क्यालेन्डर सार्वजनिक गर्नुभएको हो । सो कार्यक्रममा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो यस प्रकाशनमार्फत नेपालको ऐतिहासिक र विकासवादी गौरवलाई उजागर गर्ने प्रयास गरेको छ ।

हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकको देशैभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधाहरूका साथै नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा केन्द्रबाट सेवा दिइरहेको छ ।

साथै, बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ ।