images
images

प्रधानमन्त्रीको शपथको अघिल्लो दिन बालेनले सार्वजनिक गरे नयाँ गीत

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ गीत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री पदको शपथ लिनुभन्दा एक दिनअघि उनले नयाँ गीत सार्वजनिक गरेका हुन्। बालेनले शुक्रबार प्रधानमन्त्रीका रुपमा शपथ लिँदै छन्।

नयाँ गीत ‘जय महाकाली’ उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। गीतको र्‍याप, शब्द र संगीत उनको आफ्नै हो।