images
images

सानिमा बैंक लिमिटेडले प्राप्त गर्‍यो [CARE-NP] A- (Is) रेटिङ्ग

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्ग नेपाल (Care Edge Ratings Nepal) बाट [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।

बैंकले सन् २०२६ मार्च १६ (तदनुसार २०८२ साल चैत २ गते) का दिन यो महत्त्वपूर्ण मूल्याङ्कन प्राप्त गरेको हो। यो रेटिङ्गले बैंकको वित्तीय विश्वसनीयता र सबल स्थितिलाई प्रतिबिम्बित गरेको छ।

सानिमा बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई निरन्तर सुदृढ गर्दै लैजाने क्रममा यो सम्मानजनक रेटिङ्ग प्राप्त गरेको जनाएको छ। यस मूल्याङ्कनले बैंकको व्यावसायिक दक्षता र सुरक्षित बैंकिङ सेवा प्रदान गर्ने क्षमतालाई थप पुष्टि गरेको छ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा रहेका १३४ वटा कार्यालयहरू र १२८ वटा ए.टि.एम. सञ्जाल मार्फत ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।

बैंकले आधुनिक प्रविधि र ग्राहकमुखी सेवाका माध्यमबाट आफ्नो उपस्थितिलाई देशभर अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।