images
images

पर्यटनमन्त्रीमा गणेश पौडेलको सम्भावना

काठमाडौं- बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा उपन्यासकार तथा कास्कीका सांसद गणेश पौडेलले पर्यटन मन्त्रालय पाउने सम्भावना देखिएको छ।

पौडेल, जसले ‘पैताला’ नामक चर्चित उपन्यास लेखेका छन्, पोखराबाट सांसद बनेका हुन्।

आज दिउँसो १२:४५ बजे शपथग्रहण कार्यक्रम तय भएको छ। सो अवसरमा मन्त्रीहरूको शपथसँगै गणेश पौडेल पर्यटन मन्त्री बन्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

बालेन शाहसँग निकट रहेका पत्रकार भिक्टर पौडेलले समेत गणेश पौडेल पर्यटन मन्त्रालयमा नियुक्त हुने संकेत गरेका छन्।