काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले कुमार बेनलाई प्रमुख सल्लाहकार नियुक्त गरेका छन्।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री शाहले शुक्रबार उनलाई प्रमुख सल्लाहकार नियुक्त गरेका हुन्। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै कुमारले साथ दिँदै आएका थिए। उनी शाहका रणनीतिक सल्लाहकार हुन्।
यस्तै, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। उनी अघिल्लो प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदसमेत भएका थिए।
उनले चुनावअघि बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबीच एकता गराउन पनि भूमिका खेलेका थिए।
यस्तै, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।








