images
images

युवाहरू विदेश पलायन हुनबाट रोक्नुपर्छ : श्रममन्त्री साह

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै रोजगारीको सिर्जना गरेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सीप सिकाएर नेपालमा नै रोजगारीको सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

उनले सीपबिना वैदेशिक रोजगारीमा जाने युवाहरूले समस्या भोग्नुपरेकाले युवाहरूलाई सीपमूलक तालिम दिइने बताए । जनतालाई पठाएर मात्रै नहुने भन्दै सीप महत्त्वूर्ण हुने उनको भनाइ छ । उनले यसअघिका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

पदभार ग्रहण गर्दै मन्त्री साहले पाँच वर्षभित्र सबै युवाहरूलाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । हिमालयन टेलिभ्वाइस