काठमाडौँ – नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले ओली र लेखकको पक्राउविरूद्ध संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकपछि कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकाल्दै पूर्णबहादुर खड्काले आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका नेता कार्यकर्तालाई तयार रहन आग्रह गरेका छन्।
‘सरकार गठन भएलगत्तै दुरासयपूर्ण तबरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ। यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।









