काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको छ। यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणाको चल–अचल सम्पत्तिमाथि पनि अनुसन्धान अघि बढाइएको छ।
यसै क्रममा पूर्व जलस्रोतमन्त्री दीपक खड्कालाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई पक्राउ गरेको हो। उनललाईआजै जिल्ला अदालतबाट म्याद थप गराउने तयारी गरिएको छ।








