images
images

रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति तोकेको छ।

अदालतका अनुसार आगामी वैशाख १४ गतेका लागि पेशी निर्धारण गरिएको हो।

लामिछाने आइतबार निर्धारित तारेख बुझ्न अदालत उपस्थित भएका थिए। उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीसँग सम्बन्धित आर्थिक अनियमितताको आरोपमा मुद्दा विचाराधीन छ।

उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन्। ०८१ पुस २१ गते दर्ता भएको मुद्दामा संगठित रूपमा सहकारीको रकम दुरुपयोग गरिएको अभियोग लगाइएको छ।