images
images

पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो ।

आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो ।

उनी कांग्रेसका तर्फबाट उर्जामन्त्री भएका थिए । आजै कांग्रेसका अर्का नेता रमेश लेखकलाई पनि पेस गरेर म्याद थपको बहस भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि म्याद थपका लागि भर्चुअल पेस गरिएको थियो ।