images
images

ओली गिरफ्तारीविरुद्धको आन्दोलन कमजोर बनाउन खोजियो : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउको षड्यन्त्र गर्दै सरकारले अध्यक्ष केपी ओली गिरफ्तारविरुद्धको आन्दोलन कमजोर पार्न खोजेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । आफूविरुद्धको जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको अवस्थामा फेरि उक्त व्यक्तिलाई प्रयोग गर्दै सरकारले पक्राउको योजना बनाएको बस्नेतको भनाइ छ ।

”प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भएको जाहेरी र उक्त विषयमा उच्च अदालत पाटमा दायर गरेको रिट खारेज भएको अवस्थामा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाएर मलाई पक्राउ गर्ने योजना गरिँदै छ,” बस्नेतले भनेका छन् ।

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउको षड्यन्त्र गर्दै सरकारले अध्यक्ष केपी ओली गिरफ्तारविरुद्धको आन्दोलन कमजोर पार्न खोजेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । आफूविरुद्धको जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको अवस्थामा फेरि उक्त व्यक्तिलाई प्रयोग गर्दै सरकारले पक्राउको योजना बनाएको बस्नेतको भनाइ छ ।

”प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भएको जाहेरी र उक्त विषयमा उच्च अदालत पाटमा दायर गरेको रिट खारेज भएको अवस्थामा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाएर मलाई पक्राउ गर्ने योजना गरिँदै छ,” बस्नेतले भनेका छन् ।

यो कार्य सरकारको निरंकुश र अधिनायकवादी चरित्र रहेको उनले उल्लेख गरेका छन् । ”यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुधन गुरुङद्वारा सञ्चालित कुकर्म हो,” उनले भनेका छन् ।

यसको प्रतिफल सरकारले भोग्नुपर्ने चेतावनी बस्नेतले दिएका छन् ।  उनले आफू फरार नरहेको बताएका छन् ।

बस्नेतलाई बलात्कार मुद्दामा कारबाही गर्न माग गर्दै शोभा पाठक प्रहरी समक्ष पुगेपछि बस्नेतको यस्तो धारणा सार्वजनिक भएको हो । बस्नेतलाई पक्राउको माग गर्दै पाठक आइतबार काठमाडौं प्रहरी परिसर पुगेकी थिइन् ।