images
images

ओली र लेखकको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ जारी

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भइरहेको छ।

ओली र लेखकलाई भदौ २३ गते पदमा रहँदा जेनजी युवाहरुको ज्यान लिएको अभियोगमा अनुसन्धानका लागि भन्दै प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको थियो।

बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार बनेसँगै अघिल्ला सरकारका जिम्मेवार पदाधिकारीमाथि धरपटक सुरु भएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुमाथि दश वर्षसम्म सजाय हुने कानुनअनुसार छानबिन गर्न सिफारिस गरेको छ।

ओलीको पक्राउ गैरकानुनी भएको भन्दै उनकी श्रीमत राधिका शाक्यले दायर गरेको निवेदनमाथि न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भइरहेको छ।

त्यस्तै लेखकको पक्राउविरुद्ध श्रीमती यशोदाले दायर गरेको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। दुवै निवेदनमाथि सुनुवाइ भइरहेको छ।

यसअघि आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनसम्म थुनामा राख्न अनुमति दिएको थियो।