काठमाडौँ- सामसङ नेपालले नयाँ वर्ष २०८३ को उल्लासमय अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘Smart Ghar, Smart Suruwat’ नामक विशेष अभियान सार्वजनिक गरेको छ।
यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ, जस अन्तर्गत ग्राहकहरूले नयाँ टिभी र होम एप्लायन्सहरूको खरिदमा आकर्षक छुट, पक्का उपहार र सुलभ वित्तीय सुविधाहरू प्राप्त गर्न सक्नेछन्। नयाँ वर्षको सुरुवातमा घरका उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो योजना निकै उपयोगी हुने कम्पनीको विश्वास छ।
यस क्याम्पेन अन्तर्गत सामसङका विभिन्न उत्पादनहरूमा भारी छुटको व्यवस्था गरिएको छ। ग्राहकहरूले टिभी खरिदमा २५% सम्म, वाशिङ मेसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्नेछन्।
विशेषगरी चुनित टिभी मोडेलहरूको खरिदमा रु ३,००० बराबरको १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध गराइएको छ। त्यस्तै, चुनित वाशिङ मेसिनको खरिदमा ग्राहकहरूले ६ केजीको सर्फ एक्सेल म्याटिक (Surf Excel Matic) पक्का उपहारका रूपमा प्राप्त गर्नेछन्।
आफ्ना प्रिमियम उत्पादनहरूलाई आम ग्राहकको पहुँचमा पुर्याउन सामसङले २४ महिनासम्मको एक्स्टेन्डेड EMI योजना पनि ल्याएको छ। रु ५०,००० भन्दा माथिका होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै खरिद गर्न सकिनेछ।
हुलास फिनसर्भ हायरिङ पर्चेज लिमिटेड (Hulas Finserve Hire Purchase Ltd.) मार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत १२ महिनाको EMI मा ०% ब्याजदर लाग्नेछ भने २४ महिनाको विकल्प रोज्दा ७.९९% अतिरिक्त ब्याज लाग्ने कम्पनीले जनाएको छ।
यसका साथै, पुराना उपकरणहरू साट्न चाहने ग्राहकहरूका लागि ArkoStore वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरू मार्फत एक्सचेन्ज (Exchange) सुविधा समेत उपलब्ध छ। विश्वकै नम्बर १ भिजन एआई (Vision AI) टिभी र बिस्पोक एआई (Bespoke AI) होम अप्लायन्सहरूका साथ आफ्नो जीवनशैलीलाई आधुनिक र स्मार्ट बनाउन चाहनेहरूले नजिकैको सामसङ स्टोरमा गई थप जानकारी लिन सक्नेछन्।







