images
images

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई आग्रह गरेको छ । विभागले आग्रह गरेपछि अध्यागमनले भट्टलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

“सम्पत्ति शुद्धीकरणले दीपक भट्टलाई कालोसूचीमा राखिदिन पत्रमार्फत अनुरोध गरेको छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो, “उनलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेका छौँ ।”

अध्यागमनको कालोसूचीमा राखिएपछि उनी विदेश जान पाउँदैनन् ।