images
images

आदित्य पौडेलद्वारा शिक्षा पाठ्यक्रममा लगानी र सेयर बजार सम्बन्धी विषय समावेश गर्न माग

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष शिक्षा पाठ्यक्रममा लगानी, व्यापार तथा सेयर बजार सम्बन्धी विषय समावेश गर्न माग गरिएको छ। बिराटनगरका सेयरबजार लगानीकर्ता आदित्य पौडेलले माननीय शिक्षा मन्त्रीसमक्ष निवेदन पेश गर्दै विद्यार्थीहरूलाई व्यावहारिक आर्थिक ज्ञान प्रदान गर्न यस्ता विषय आवश्यक भएको बताएका छन्।

उनका अनुसार, वर्तमान समयमा धेरै विद्यार्थीहरूले औपचारिक शिक्षा पूरा गरेपछि पनि वित्तीय साक्षरता, लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा सेयर बजार सम्बन्धी पर्याप्त ज्ञान बिना नै जीवनमा प्रवेश गर्ने अवस्था रहेको छ। यसले गर्दा भविष्यमा सही आर्थिक निर्णय लिन कठिनाइ हुने गरेको उल्लेख गरिएको छ।

निवेदनमा प्रारम्भिक तहदेखि नै बचत, बजेट निर्माण, सेयर बजारको आधारभूत अवधारणा, लगानी रणनीति तथा नैतिक लगानी जस्ता विषयहरू पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यस प्रकारको शिक्षा प्रणालीले विद्यार्थीहरूको विश्लेषण क्षमता, निर्णय क्षमता तथा आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै देशको समग्र आर्थिक विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।