काठमाडौ – एमाले अध्यक्ष केपी ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएका छन्।
जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा हिरासतमा रहेका ओलीले आफू आफू त्यसबाट मुक्त नभइन्जेलसम्म पार्टी सञ्चालनको जिम्मेवारी बादललाई सुम्पेका हुन्।
एमाले सांसद ओलीले लिखित रुपमा हिरासत मुक्त नभएसम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष थापालाई दिएको जानकारी दिए पक्राउ परेका ओली हाल शिक्षण अस्पतालमा हिरासतमा रहेकै अवस्थामा उपचार गराइरहेका छन्।
बादलले एमाले सचिवालयको पछिल्ला दुईवटा बैठकको अध्यक्षतासमेत गरिसकेका छन्। उनलाई मङ्गलबार संसदीय दलको नेतासमेत चयन गरिएको छ।







