images
images

रास्वपाले सभामुखका लागि डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार प्रतिनिधि सभा बैठक सकिए लगत्तै बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अर्याललाई सभामुखका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

 

बैठकमा पार्टी सभापति रवि लामिछानेले डिपी अर्यालको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको पार्टी स्रोतले जनाएको छ ।