images
images

यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका

काठमाडौँ– प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएकाे छ । सभामुखको निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हाे ।

प्रतिनिभिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिएको निर्देशनबमोजिम संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सो कार्यतालिकाबमोजिम २० चैत बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावलीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।

सोही दिन २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ ।

दर्ता भएका प्रस्तावका सूचनालाई २२ चैतमा हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।