images
images

ट्रम्पले हटाए महान्यायाधिवक्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनकी नजिककी सहयोगी र कट्टर समर्थक पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानुन कार्यान्वयन अधिकारी अर्थात महान्यायाधिवक्ता (अटर्नी जनरल) पदबाट हटाएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनको प्रशंसा गरेका छन् र उनी अब निजी क्षेत्रमा नयाँ भूमिकामा ‘स्थानान्तरण’ हुने बताएका छन्।

बोन्डीको न्याय विभाग नेतृत्वको कार्यकाल प्रायः जेफ्री एपिस्टिन सम्बन्धी फाइल सार्वजनिक गर्ने विषय र त्यससँग जोडिएको अनुसन्धानले छायामा परेको थियो।

पछिल्ला हप्ताहरूमा पदबाट हटाइएका ट्रम्प प्रशासनका उनी दोस्रो अधिकारी हुन्। यसअघि मार्चमा कृष्टि नोइमलाई पनि पदबाट हटाइएको थियो। बोन्डीको स्थानमा उनका पूर्व उप-प्रमुख टोड ब्लान्ची नियुक्त हुनेछन्।

बोन्डीले आफूले जिम्मेवारी ब्लान्चीलाई हस्तान्तरण गर्न उत्साहित रहेको बताउँदै पद सम्हाल्नु आफ्नो जीवनकै ‘गौरव’ भएको प्रतिक्रिया दिएकी छिन्।

उनले आफ्नो नयाँ निजी क्षेत्रको भूमिकाबारे खुलासा नगरे पनि, त्यहाँबाट पनि ट्रम्प र उनको प्रशासनका लागि ‘संघर्ष जारी राख्ने’ बताएकी छन्।