images
images

शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति

काठमाडौं– व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो ।

सुलभलाई बयानको लागी नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरिसकेकाे छ ।