images
images

डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ–सरकारले डा. नारायण दत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।

आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो । यससँगै कँडेलले फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्नेछन् ।

साथै, सरकारवादी हुने सबै मुद्दामा बहस र पैरवीको नेतृत्व गर्ने जिम्मेवारी पनि उनकै रहनेछ ।