images
images

अदित्य पौडेलको सन्देश—“सेयर बजारको गिरावट नै अवसर, धैर्यताले दिलाउँछ सफलता

”काठमाडौं — सेयर लगानीकर्ता अदित्य पौडेलले बजारको उतारचढावबीच लगानीकर्तालाई संयमित र दीर्घकालीन सोच अपनाउन सुझाव दिएका छन्। उनले हालको बजार अवस्थालाई “डर होइन, अवसर” को रूपमा लिनुपर्ने बताएका छन्।

पौडेलका अनुसार सेयर बजारमा सफल हुन सही समय भनेको बजार घट्दा बिस्तारै खरिद गर्दै औसत लागत घटाउने बेला हो। “जब धेरै लगानीकर्ता डराएर बेचिरहेका हुन्छन्, त्यही बेला किन्ने अवसर हुन्छ, र जब अत्यधिक उत्साहमा सबै किनिरहेका हुन्छन्, त्यही बेला बेच्ने समय हुन्छ,” उनले भने। उनले बजारमा अत्यधिक डर फैलिएको समयमा प्रवेश गर्नु बुद्धिमानी हुने उल्लेख गर्दै “मार्केट क्र्यास नै सम्पत्ति निर्माण गर्ने ठूलो अवसर हो, यदि लगानीकर्ताले सही मानसिकता राख्न सके,” भन्ने धारणा व्यक्त गरेका छन्।

लगानीकर्तालाई सन्देश दिँदै उनले पैनिक भएर सेयर बिक्री नगर्न, आधारभूत रूपमा बलिया कम्पनीका सेयर दीर्घकालीन रूपमा होल्ड गर्न, मूल्य घट्दा क्रमशः थप खरिद गर्दै औसत लागत मिलाउन सुझाव दिएका छन्। साथै, केही नगद सुरक्षित राख्ने, २ देखि ५ वर्षसम्मको दीर्घकालीन सोच राख्ने र हल्ला तथा भ्रामक समाचारबाट टाढा रहने आवश्यकतामा उनले जोड दिएका छन्।

पौडेलले बजारमा आएको गिरावटलाई अवसरका रूपमा उपयोग गर्न सके मात्र दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने बताएका छन्।