काठमाडौँ -सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो । राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर हुने भएपनि अर्काे एक जनाको नाम भने सार्वजनिक भएको छैन । उपाध्यक्षमा नियुक्त भएका डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।








