images
images

‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानी सभ्यता नै नष्ट गर्दिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: इरानी सभ्यता नै नष्ट गरिदिने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै भनेका छन्-  यदि इरानले ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने विषयमा सम्झौता नगरे आज राति पूरै सभ्यता नै नष्ट हुन सक्छ।

उनले स्थानीय समय अनुसार मंगलबार साँझ ८ बजे सम्मको आफ्नो समयसीमा अघि ‘क्रान्तिकारी रूपमा अद्भुत केही हुन पनि सक्छ’ भन्ने सम्भावना पनि व्यक्त गरेका छन्।

उनले भने, ‘यदि इरानले उक्त महत्वपूर्ण समुद्री मार्ग खोल्ने निर्णय गरेको खण्डमा ।’

उता इजरायलले इरानी नागरिकहरूलाई रेलमार्गबाट यात्रा नगर्न चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखको सन्देशमा उनले भनेका छन्, ‘आज राति पूरै सभ्यता नै नष्ट हुन सक्छ, र त्यसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन।’

उनले थपे, ‘म यस्तो हुन चाहन्नँ, तर सम्भवतः त्यस्तै हुन सक्छ। तर अहिले पूर्ण र सम्पूर्ण शासन परिवर्तन (कम्प्लिट एन्ड टोटल रेजिम चेन्ज) भइसकेपछि, जहाँ फरक, बढी बुद्धिमान र कम उग्र विचार भएका मानिसहरूले नेतृत्व गर्छन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत घटना पनि हुन सक्छ कसलाई थाहा?’

उनले लेखे, ‘हामी आज राति थाहा पाउनेछौँ। यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुन सक्छ। ४७ वर्षदेखि चल्दै आएको धम्की, भ्रष्टाचार र मृत्युको अन्ततः अन्त्य हुने छ। इरानका महान् जनतामाथि भगवानको कृपा रहोस्!’

मानवअधिकारसम्बन्धी अमेरिकास्थित एक संस्थाका अनुसार अमेरिका-इजरायलको आक्रमण सुरु भएयता इरानमा ३,५०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा कम्तीमा १,६६५ जना सर्वसाधारण नागरिक रहेका छन्।

यसबीच इरानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम (सिजफायर) योजना औपचारिक रूपमा अस्वीकार गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। साथै इरानले आफ्ना मागहरूको सूची पनि सार्वजनिक गरेको बताइएको छ।