सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले सबैसँगको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। समिति सभापतिमा निर्वाचित भएपछि मंगलबारको बैठकमा उनले देश र जनताको हितमा नीति नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन अनुसन्धान गरी गर्ने धारणा राखिन् ।
उनले भनिन्,‘हुन त यस राजनीतिक यात्रामा म भन्दा अग्रज धेरै नै हुनुहुन्छ । हजुरहरुको प्रतिक्रिया देश र जनताको हितमा नीति, नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन अनुसन्धानगरी म माथि देखाइएको विश्वास शिरमा राखि तपाईहरुको साथ सहयोगको अपेक्षासहित यस समितिलाई अघि बढाउन सबैसँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’








