images
images

उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुने, रास्वपाको समर्थन निर्णायक

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ।

जसका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ। तर, हालसम्म कुन दलले उपसभामुख पद पाउने भन्ने विषयमा टुंगो लागेको छैन।

विशेषगरी रास्वपाले आफ्नो समर्थन कसलाई दिने भन्ने निर्णय नगरेकाले समीकरण अनिश्चित बनेको छ।

संसदीय अंकगणितका आधारमा रास्वपाले जसलाई समर्थन गर्छ, सोही दलका उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना देखिएको छ।