images
images

ओली-लेखकलाई छाड्ने तयारी

काठमाडौँ– जेनजी आन्दोलनमा अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई छाड्ने तयारी गरिएको छ।

उच्च स्रोतकाअनुसार उनीहरूलाई हाजिरी जमानीमा छाड्ने तयारी छ। चैत १४ गते निवासबाटै पक्राउ परेपछि ओली त्यस दिनदेखि नै त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् भने लेखक महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा रहेका छन्।

ओलीको अवस्था हेरेर घर पठाउने वा अस्पतालमा राख्ने भन्ने विषय अस्पतालले निर्क्यौल हुनेछ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको थियो।