काठमाडौँ — केपी शर्मा ओली प्रहरी हिरासतबाट मुक्त भएका छन्। सर्वोच्च अदालत को आदेशअनुसार आज बिहान उनलाई रिहा गरी आफन्तको जिम्मा लगाइएको हो।
चैत १४ गते पक्राउ परेका ओली स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए र पछिल्ला १३ दिनदेखि उपचाररत छन्। चिकित्सकको सल्लाहअनुसार उनी तत्काल घर नजाने भएका छन्।
ओलीका अनुसार सोमबार पत्थरीको अप्रेसन तय भएकाले उनी हाल अस्पतालमै रहनेछन्। परिवार र चिकित्सक टोलीबीचको छलफलपछि अप्रेसन नसकिएसम्म अस्पतालमै राख्ने निर्णय गरिएको हो।
यस्तै, सोही प्रकरणमा पक्राउ परेका रमेश लेखक पनि हिरासतबाट मुक्त भएका छन्।
अदालतले अनुसन्धानको म्याद सकिएपछि दुवै नेतालाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न आदेश दिएको थियो।







