काठमाडौं -नेपाल नगरपालिका संघको ३३औँ वार्षिक उत्सवका अवसरमा मटिहानी नगरपालिका सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै “Municipal Excellence Award” बाट सम्मानित भएको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नगर प्रमुख हरि प्रसाद मण्डललाई पुरस्कार प्रदान गर्नुभयो।
संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार सामाजिक विकास क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा मटिहानी नगरपालिकालाई यो सम्मान प्रदान गरिएको हो।
📊 यस वर्ष देशभरका २९३ स्थानीय तहबाट विभिन्न ५ विधामा उत्कृष्ट काम गर्ने ७ पालिकाहरूलाई सम्मान गरिएको हो।
👉 अन्य सम्मानित पालिकाहरू:
• सहरी योजना तथा पूर्वाधार: पोखरा महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका
• वातावरण, संस्कृति तथा पर्यटन: गोदावरी नगरपालिका, इलाम नगरपालिका
• स्थानीय आर्थिक विकास: मन्थली नगरपालिका
• संस्थागत विकास तथा सुशासन: हलेसी तुवाचुङ नगरपालिका
स्थानीय तहको उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने यो सम्मान मटिहानीका लागि गौरवको विषय बनेको छ।








