काठमाडौं — भिटोफ नेपालको २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले हरिशरण थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत/निर्वाचनमार्फत गठन गरेको हो।
नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा हरिशरण थपलिया, प्रथम उपाध्यक्षमा मनहरी दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिव भट्ट, सचिवमा सुरेन्द्र भट्ट, कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने र सह–कोषाध्यक्षमा नारायण सोडारी चयन भएका छन्।
यसैगरी सदस्यहरूमा प्रदिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै सफल कार्यकाल सम्पन्न गरी निवर्तमान हुनुभएकी पूर्व अध्यक्ष शकुन्तला देवकोटाप्रति विशेष धन्यवाद तथा आगामी दिनहरूको लागि शुभकामना व्यक्त गरिएको छ।
नयाँ नेतृत्वले संस्थाको विकास, सुदृढीकरण तथा लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।