images
images

प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ

पाँचथर– युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।