images
images

सबै कार्यालयलाई ठेक्काको मिति संशोधन गर्न निर्देशन

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्को अवधि संशोधन गर्न निर्देशन दिएको छ।

सरकारले चैत २३ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिएपछि अन्तिम दिन सार्वजनिक बिदा परेका ठेक्काहरुलाई संशोधन गर्न निर्देशन दिएको छ। अन्तिम दिन सार्वजनिक बिदा नपर्ने गरी प्रकाशित भएका ठेक्काको अवधि संशोधन गर्न भनेको हो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकारद्वारा मिति २०८२/१२/२३ गते सोमबार बाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिए संगै सम्पुर्ण सार्वजनिक निकाय स्वयम् आफैले आफ्नो निकायको बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदाको दिन नपर्ने गरि म्याद थप गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ।’