काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार आइतबार प्रधानमन्त्री र मन्त्रीहरूले पेस गरेको विवरण आधिकारिक रूपमा बाहिर ल्याइएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को प्रावधान बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सोही व्यवस्था पालना गर्दै प्रधानमन्त्री कार्यालयमा पेस गरिएको विवरणलाई सरकारले आम नागरिकको जानकारीका लागि सार्वजनिक गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार, इच्छुक जोकोहीले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट (opmcm.gov.np) मा गएर प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण विस्तृत रूपमा हेर्न सक्नेछन्।
विद्यमान कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणः








