काठमाडौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री शाहसँग कुल १ करोड ४६ लाख रुपैयाँ बैंक मौज्दात रहेको देखिएको छ।
उक्त सम्पत्ति विवरणमा प्रधानमन्त्री शाहले आफ्नो आम्दानीको मुख्य स्रोत डिजिटल माध्यमलाई जनाएका छन्। उनका अनुसार बैंकमा रहेको उक्त मौज्दात रकम फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालहरूबाट आर्जन भएको हो।
नेपालको राजनीतिमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरी उल्लेख्य आम्दानी गर्ने र त्यसलाई आधिकारिक रूपमा सम्पत्ति विवरणमा उल्लेख गर्ने शाह पहिलो प्रधानमन्त्री हुन्।
उनले विभिन्न प्लेटफर्मबाट प्राप्त हुने ‘एडसेन्स’ र अन्य डिजिटल राजस्वलाई नै आफ्नो प्रमुख मौज्दातको आधार बनाएका छन्।








