काठमाडौँ -काठमाडौँ प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप फुटबल नहेर्न/नदेखाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गरी ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो।
खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघ-संस्थाले निर्धारित ढाँचामा निवेदन दिनुपर्नेछ। यस्तै खेलको प्रत्यक्ष प्रसारण गर्ने स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा पाइने पनि प्रशासनले भनेको छ।









