काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक भएकोमा कर्मचारीलाई धन्यवाद दिएका छन्।
उनले परीक्षा सम्पन्न भएको ४० दिनमै नतिजा सार्वजनिक गर्न सफल भएको भन्दै कर्मचारीलाई शुक्रबार धन्यवाद दिएका हुन्।
‘यस कार्यलाई सफल बनाउन परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनसम्म समर्पित भई खटिनुहुने सम्पूर्ण शिक्षक÷शिक्षिका, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछुु’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखेर धन्यवाद दिएका हुन्।
उनले लेखेका छन्, ‘यस परीक्षामा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछु।’
उनले अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुनसमेत आग्रह गरेका छन्।
शिक्षामन्त्री पोखरेलले एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण नगर्ने बताउँदै नयाँ उत्साह, आत्मविश्वास र निरन्तर प्रयासका साथ अघि बढ्न सुझाव दिएका छन्।









