images
images

सामुदायिक विकास संघ, टोल सुधार तथा उपभोक्ता समिति र नेप्सेम्याकको संयुक्त आयोजनामा वृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं – सामुदायिक विकास संघ, टोल सुधार तथा उपभोक्ता समिति वालाजुटार वनस्थली तथा नेप्सेम्याक (NEPSEMAC) को संयुक्त तत्वावधानमा वनस्थली क्षेत्रमा वृहत सरसफाई एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

भुवनेश्वरी मन्दिर परिसरबाट सुरु भएको उक्त कार्यक्रम सामुदायिक विकास संघ भवन, भगवतीनगर हुँदै महर्जन चोकदेखि खरिवोट माइक्रो पार्कसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा सामुदायिक विकास संघका अध्यक्ष भीष्म घिमिरेले सरसफाईले स्वस्थ व्यक्ति, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता जनचेतनामूलक कार्यक्रममार्फत प्रत्येक व्यक्तिमा सरसफाईप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, संघका सदस्य मधु बरालले सरसफाईले वातावरणीय सौन्दर्य मात्र नभई मानिसको मन, मस्तिष्क र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूले समुदायको स्वच्छता, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।

आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तर सञ्चालन गर्ने जनाएका छन्।