काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।
यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किशनदत्त भट्ट, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल र राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ उपकुलपति नियुक्त भएका छन्।
यस्तै, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. सुजनबाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्।








